PRABHU BANK

नबिल बैंकका सिइओ ढुंगानाको कार्यकाल २ वर्ष थप

काठमाडौँ । नबिल बैंकका सिइओ ज्ञानेन्द्र प्रसाद ढुंगानाको कार्यकाल थप भएको छ । बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले ढुंगानाको कार्यकाल २ वर्षका लागि थप गरेको हो ।

उनको २ वर्षे कार्यकाल असार १७ गतेदेखि लागू हुनेछ । ढुंगाना यसअघि २०७९ असार १७ गते २ वर्षका लागि नियुक्त भएका थिए ।

त्यस्तै, उनीसँग नेपाल राष्ट्र बैंक, नेपाल बंगलादेश बैंकको प्रमुख कार्यकारी अधिकृत र नेपाल क्रेडिट एण्ड कमर्स बैंकको महाप्रबन्धकको रूपमा काम गरिसकेका छन् । सिइओ ढुंगानासँग २५ वर्षभन्दा बढिको बैंकिङ अनुभव रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै