PRABHU BANK

ग्रामीण विकास बैंकका कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर, १९ लाख २ हजार २ सय ३७ रुपैयाँ बराबरको बिगो दाबी

काठमाडौं ।  ग्रामीण विकास बैंकका कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । बैंकका कर्मचारी उदयकृष्ण अधिकारीविरुद्ध  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

नक्कली सदस्य बनाइ विना धितो कर्जा दिएको, ऋणीबाट असुली भएको सावा तथा ब्याज रकम असुली नदेखाई जग्गा खरिदमा प्रयोग गरेको अख्तियारको दावी छ ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार  उनीविरुद्ध १९ लाख दुई हजार दुई सय ३७ रुपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर भएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै