National

माछापुच्छ्रे बैंकको सिइओमा कोइराला पुन:नियुक्त

काठमाडौँ । माछापुच्छ्रे बैंकको सिइओमा सन्तोष कोइराला पुन:नियुक्त भएका छन् । बैंकको संचालक समितिले कोइरालालाई दोस्रो कार्यकालका लागि पुन:सीइओ पदमा नियुक्त गरेको हो ।

सिइओ कोइराला वैशाख १ गतेदेखि लागु हुने गरी दोस्रो कार्यकालका लागि नियुक्त भएका छन् । उनको कार्यकाल ४ वर्षका लागि हुनेछ ।

साथै, उनीसँग २५ वर्षको लामो बैंकिङ अनुभवसमेत रहेको छ ।

धेरै वर्षदेखि बैंकिङ क्षेत्रमा लागेका कोइराला छोटो समयमा नै प्रगति हासिल गर्ने सफल बैंकरको रुपमा चिनिन्छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै