PRABHU BANK

नेपाल इन्भेष्टमेन्ट बैंकले विशेष साधारणसभा माघ ४ गते हुने, हिमालयन बैंकसँग मर्ज हुने प्रमुख एजेण्डा पारित गरिने

nepal investment bank

  • बैंकिङ संसार
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको विशेष साधारणसभा माघ ४ गते हुने भएको छ । सभा बैंकको केन्द्रीय कार्यालय दरबारमार्ग काठमाडौंमा बिहान ११ बजे वेबिनारमार्फत सुरु हुने भएको छ ।
सभामा हिमालयन बैंकसँग मर्ज हुने प्रमुख एजेन्डा पेश हुँदैछ । यस्तै हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच १ः१ अनुपातमा मर्जर हुन लागेका हुन् । दुवै बैंक एक भएपछि बैंकको नाम हिमालयन एन्ड नेपाल इन्भेष्टमेन्ट बैंक हुने एजेन्डा पनि रहेको छ ।
दुवै बैंक एकभएपछि चुक्ता पुँजी, अधिकृत पुँजी, जारी पुँजी बढ्ने हुँदा सोही अनुरुप प्रबन्धपत्र संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ । नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति पाएपछि एकीकृत कारोबार सुरु गर्नेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै