PRABHU BANK

प्रभु बैंकको वार्षिक साधारणसभा आइतबार हुँदै, १२.६३ प्रतिशत लाभांश पारित गरिने

prabhu bank
  • बैंकिङ संसार
काठमाडौं । प्रभु बैंक लिमिटेडको वार्षिक साधारणसभा आइतबार हुँदैछ । बैंकले सभा आफ्नो केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा बिहान ११ बजे सुरु हुने भएको हो ।
सभामा बैंकले गत वर्षको नाफाबाट १२५ बोनस सेयर र कर तिर्न ०.६३% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्ने भएको छ । यस्तै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरणमा छलफल पनि हुनेछ ।
अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा रहेको छ ।
सभाका लागि बैंकले पुस ४ गते बुक क्लोज गर्ने भएकाले स ३ गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित बोनस सेयर पाउन र सभामा भाग लिन पाउनेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै