PRABHU BANK

सनराइज बैंकद्धारा रामेछापको फुलासीमा शाखारहित बैंकिङ सेवा विस्तार

sunrise bank limited
  • बैंकिङ संसार
काठमाडौं । सनराइज बैंकले रामेछापको मन्थली नगरपालिका–१४ फुलासीमा शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ । बैंकको मन्थली शाखाका प्रबन्धक रमेशराज सुवेदीले उक्त शाखारहित बैंकिङ सेवाको उद्धघाटन गरेका हुन् ।
यस शाखारहित बैंकिङ सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवाको संख्या ८४ पुगेको छ । उक्त शाखारहित बैंकिङ सेवाको प्रतिनिधिका रूपमा बैंकले वसन्तकुमार लामालाई नियुक्त गरेको छ ।
बैंकले हाल १३९ वटा शाखा, ८४ वटा शाखारहित बैंकिङ सेवा, १२ वटा एक्सटेन्सन काउण्टरमार्फत सेवा प्रदान गर्दै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै