PRABHU BANK

आरम्भ चौतारीको नाफा ३०.२५% ले घट्यो, अन्य सुचक कस्ता ?

aarambha-cha

  • बैंकिङ संसार

काठमाडौं । आरम्भ चौतारी लघुवित्तको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नाफा ३०.२५% ले घटेको छ । कम्पनीले खुद नाफा ३०.२५% ले घटेर ४ करोड ३५ लाख ३५ हजार रुपैयाँमा सीमित भएको छ ।

गत वर्ष यसैअवधिमा आरम्भ चौतारीको ६ करोड २४ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी ४१.९०% र सञ्चालन नाफा ४.०३% ले बढेको छ । यद्दपि, गत वर्ष ३ करोड ८२ लाख रुपैयाँ राइट ब्याक गरेकामा अहिले ५८ लाख रुपैयाँ मात्र राइट ब्याक भएको छ ।

यस्तै कम्पनीको चुक्ता पुँजी ३० करोड ६९ लाख २३ हजार रुपैयाँ रहेको छ । यसको रिजर्भ कोषमा ४४।६८५ सुधार हुँदै १९ करोड १० लाख रुपैयाँ जम्मा भएको छ । प्रतिसेयर आम्दानी २८ रुपैयाँ ३७ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ ६५ पैसा छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै