- बैंकिङ संसार
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई बोनस सेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न आग्रह गरेको छ ।
कम्पनीले कात्तिक २७ गते सम्पन्न वार्षिक साधारणसभाबाट पारित २५ प्रतिशत बोनस सेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न आग्रह गरेको हो ।
साविकको जनकपुर लघुवित्त वित्तीय संस्थालाई यस स्वरोजगार लघुवित्त वित्तीय संस्थाले प्राप्ति गरेपछि एकीकृत कारोबार शुरु भएपछि असोज २५ गते पछि सेयर खरिद गरेका सेयरधनीहरुको हकमा सो कर बापतको रकम स्वयम सेयरधनीलै नै तिर्नुपर्ने हुन्छ ।