PRABHU BANK

नाडेप लघुवित्त वित्तीय संस्थाको साधारणसभा शुक्रबार हुँदै, यस्ता छन् छलफल हुने विषयहरु !

nadep laghubitta bittiya sanstha
  • बैंकिङ संसार
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाको साधारणसभा माघ १४ गते शुक्रबार हुँदैछ । कम्पनीको सभा नौबिसे एग्रो रिसोर्ट, नौबिसे धादिङमा बिहान ११ बजेदेखि सुरु भएको हो ।
सभामा गत वर्षको नाफाबाट २०% बोनस सेयर र कर प्रयोजनसहित १.०५३% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । अहिलेसम्म भए गरेका कामलाई अनुमोदन गर्ने र नियामक निकायहरुको निर्देशन अनुसार काम गराउनलाई सञ्चालक समितिलाई अख्तियारी प्रदान गरिने एजेण्डा पनि रहेको छ ।
सभामा सेयर संरचना र कर्मचारीको पद समायोजनका विषयमा डिप्रोक्स लघुवित्तसँग असहमति भएकाले मर्जर प्रकृया अघि नबढेको र मर्जर गर्न पनि नसकिने भएकाले सो विषय राष्ट्र बैंकलाई जानकारी गराई सकिएको कम्पनीले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै