PRABHU BANK

प्रिमियर इन्स्योरेन्स कम्पनीको २८औं वार्षिक साधारणसभा माघ २१ गते हुने, यस्ता छन् छलफलका हुने विषयहरु !

premire insurance company
  • बैंकिङ संसार
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीको २८औं वार्षिक साधारणसभा हुने भएको छ । कम्पनीको वार्षिक साधारणसभा माघ २१ गते हुने भएको हो ।
सभा कम्पनीको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सुरु हुने भएको छ ।सभामा कम्पनीले १४.२५% बोनस सेयर र कर तिर्न ०.७५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।
सभा गर्नको लागि कम्पनीले माघ ५ गतेदेखि २१ गतेसम्म बुक क्लोज गरेको छ । माघ ४ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन र लाभांश सुरक्षित गर्न सक्नेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै