PRABHU BANK

मनकामना स्मार्ट लघुवित्तको नाफा ४७.३२% घट्यो , अन्य सुचक कस्ता ?

manakamana smart laghubitta
  • बैंकिङ संसार
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म अइपुग्दा मनकामना स्मार्ट लघुवित्तको खुद नाफा घटेको छ । यसअवधिमा कम्पनीको नाफा ४७.३२% ले घटेर १ करोड ३ लाख ८७ हजार रुपैयाँमा सीमित भएको छ ।
 अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले १ करोड ९७ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी १३.९६% ले बढेर ३ करोड ९८ लाख ३६ हजार रुपैयाँ पुगेको छ ।
यस्तै, कम्पनीको यसअवधिमा २५ लाख ६२ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको छ । अघिल्लो वर्षको यसैअवधिमा कम्पनी ५२ करोड ३५ लाख १९ हजार रुपैयाँ सञ्चालन घाटामा थियो । पुस मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी १४ रुपैयाँ ६६ पैसा र प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ९२ पैसा छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै