PRABHU BANK

विराटनगरको स्टार्टअप एण्ड आइडिया फेष्टमा एनआइबिएल एस क्यापिटलको सहभागिता, नविनतम् योजनालाई व्यवसायिक पूर्णता दिने उद्देश्य

NIBL Ace Capital

  • बैंकिङ संसार
विराटनगर । विराटनगरमा सम्पन्न भएको स्टार्टअप एण्ड आइडिया फेष्ट २०२२ मा NIBL Ace Capital Ltd. ले पनि सहभागिता जनाएको छ । संस्थागत परामर्शदाताको रुपमा सेवा प्रदान गर्दै आएको यस कम्पनीले उक्त कार्यक्रममा पनि सहभागीहरुलाई आफ्नो संस्थागत परामर्श सेवाको जानकारी गराउँदै सो सेवामार्फत् नविनतम् योजना र सोचहरुलाई व्यवसायिक पूर्णता दिने उद्देश्य राखेको बताएको छ । चैत्र १८, २०७८ बाट लिभिङ विथ आइसीटीले सातै प्रदेशमा इ(बिमाको मुख्य प्रायोजनमा स्टार्टअप एण्ड आइडिया फेष्ट २०२२ आयोजना आरम्भ गरेको थियो ।
डिजिटल क्षेत्रमा क्रियाशिल स्थानीय नवप्रवद्र्धकहरुलाई प्रवद्र्धन गर्ने र आवश्यक लगानीसमेत जुटाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो । NIBL Ace Capital Ltd ले संस्थागत परामर्श सेवामार्फत् व्यवसायिक योजना बनाउन(Business Plan), व्यवसायको सम्भाव्यता अध्ययन गर्ने (Market Assessment & Feasibility), पूँजी संकलन गर्ने (Equity Raising), ऋण संकलनमा वित्तिय संस्था र व्यवसायी बीच मध्यस्थता गर्ने (Debt Raising & Loan Syndications) र अन्य व्यवसायिक जटिलताहरुमा उचित परामर्श प्रदान गर्दै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै