PRABHU BANK

समिट लघुवित्तले कमायो ११ करोड ७४ लाख १६ हजार रुपैयाँ

Summit Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । समिट लघुवित्तको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस त्रैमासमा १७.२० प्रतिशतले बढेर ११ करोड ७४ लाख १६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा १७.२० प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीले १० करोड १ लाख ८६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
यस्तै कम्पनीको खुद ब्याज आम्दानी ४१.६० प्रतिशतले बढेर २६ करोड ३२ लाख ५६ हजार रुपैयाँ पुगेको छ । गतवर्ष कम्पनीले १८ करोड ५९ लाख १४ हजार रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको थियो भने सञ्चालन नाफा १७.१९ प्रतिशतले बढेर १८ करोड ६३ लाख ७५ हजार रुपैयाँ पुगेको छ ।यस्तै कम्पनीको प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ६९ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ६२ पैसा रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै