PRABHU BANK

कुमारी बैंक र ड्रिमल्याण्ड रिसोर्टबीच सम्झौता, बैंकका ग्राहकलाई विशेष छुट

Kumari Bank
  • बैंकिङ संसार
काठमाडौँ । कुमारी बैंक लिमिटेड र बुटवलस्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटेलबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटेलबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । सो सम्झौता पत्रमा कुमारी बैंकका मार्केटिंग प्रमुख नवीन मुनि बज्राचार्यले तथा ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटेलका तर्फबाट महाप्रबन्धक लक्ष्मण खड्काले हस्ताक्षर गरेका छन् ।
डिजिटल कारोबारमा ग्राहकहरू आकर्शित भाईरहेको कुरालाई मध्यनजर गर्दै डिजिटल कारोबारमा ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस सहकार्य मार्फत ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटेलका विभिन्न सेवाहरुमा आकर्षक छुटको प्रावधान गरेको हो । बैंकका डेबिटरक्रेडिट कार्डवाहकहरुले उक्त होटेल बसाईमा रुम शुल्कमा ३०% र खानपानमा १०% सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै

commercial bank
laghubitta