PRABHU BANK

सनराइज बैंकद्धारा विशेष स्कुल तथा पुन:स्थापना केन्द्रलाई सहयोग, संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकता

Sunrise Bank
  • बैंकिङ संसार
काठमाडौँ । संस्थागत सामाजिक उत्तरदायित्वमा सक्रिय रुपमा अघि बढिरहेको सनराइज बैंकले देशव्यापी रुपमा एक पछि अर्को कार्यक्रम गर्दै गइरहेको छ । यसै क्रममा बैंकले जडिबुटी नरेफाटमा अवस्थित अटिजम भएका बालबालिकाको लागि संचालित गैर नाफा मूलक संस्था ‘ विशेष स्कुल तथा पुनस्थापना केन्द्र’ ( Special School for Disabled and Rehabilitation Centre ) लाई सहयोग गरेको छ ।
मिति २०७९/०३/३० गते आयोजित एक कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आरती राज्यलक्ष्मी राणाले संस्थाका अध्यक्ष सबिता उप्रेतिलाई रु. एक लाख पचास हजारको चेक हस्तान्तरण गरेकी थिइन् । बैंकले उक्त रकम संस्थाको नयाँ भवन निर्माणको लागि प्रदान गरेको हो ।
नेपाल लगायत विश्वव्यापी रुपमा अटिजम बढ्दै गइरहेको हालको परिप्रेक्षमा करिब १०० मा १ को अनुपातमा अटिजम रहको अनुमान छ । उक्त कार्यक्रमा अटिजम कुनै रोग नभइ अवस्था भएको र यस अवस्थालाई व्यक्ति र समाजले बुझेर अगाडी बढ्न जरुरी रहेको विषयमा समेत चर्चा भएको थियो ।
पछिल्लो समय संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिदैं सनराइज बैंकले देशव्यापी रुपमा शिक्षा, स्वास्थ्य, बैंकिङ साक्षरता, वातावरण संरक्षण लगायतका विषयमा चरणबद्ध रुपमा कार्यक्रमहरु गर्दैे आइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै