PRABHU BANK

मितेरी डेभलपमेन्ट बैंकले डाक्यो चैत ९ मा साधारण सभा, कहिले हुँदैछ बुक क्लोज ?

काठमाडौं – मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको चैत ९ गते साधारण सभा हुने भएको छ । बैंकले लगानीकर्तालाई १७ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ । बैंकले गत वर्षको नाफाबाट १७ प्रतिशत बोनस सेयर वितरण गर्न लागेको हो । बोनस वितरणमा बैंकले ८ करोड ५० लाख रुपैयाँ खर्च गर्ने भएको छ ।
यस्तै बैंकले बोनसमा लाग्ने कर तिर्न ४४ लाख ७३ हजार ६८४ रुपैयाँ २१ पैसा बराबरको नगद लाभांश पनि वितरण गर्ने प्रस्ताव पनि लैजानेछ ।
बैंकले साधारण सभाका लागि फागुन १५ देखि चैत ९ गतेसम्म बुक क्लोज गर्ने भएको छ । मंगलबार (फागुन १४ गते) सम्म कायम सेयरधनीले मात्र यो लाभांश पाउनेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै