prabhu

प्राइम कमर्सियल बैंकद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं – प्राइम कमर्सियल बैंक सहित जिरी नगरपालिका, जिरी उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।
संयुक्त रुपमा आयोजना गरिएको कार्यक्रम नगरपालिका कर्मचारी र उद्योग वाणिज्य संघका सदस्यहरु लक्षित रहेको थियो । उक्त कार्यक्रम नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । सो कार्यक्रममा डेपुटी गभर्नर श्रेष्ठले समसामयिक बैंकिङ्ग अबस्था, चुनौती, समाधानका उपाय एवं अबसरका बारेमा स्पष्ट पारेका थिए भने नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक महेश्वर लाल श्रेष्ठले बैंकिङ्ग साक्षरता कार्यक्रम अन्तर्गत बैंक तथा बित्त सम्बन्धी ज्ञानबद्र्धक प्रस्तुति दिएका थिए ।
कार्यक्रममा जिरी नगरपालिकाका मेयर टंक जिरेल, जिरी उद्योग बाणिज्य संघका अध्यक्ष गेल्बु शेर्पा लगायत समाजका अन्य प्रतिष्ठित ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै