 
काठमाडौं – एशियन लाइफ इन्स्योरेन्सको ६० प्रतिशत हकप्रदपछि मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले बुधबार कम्पनीको मूल्य समायोजन गरेको हो ।
हकप्रद शेयर समायोजनपछि कम्पनीको शेयर मूल्य ३७५ रुपैयाँ कायम भएको छ भने औषत आधार मूल्य ६ सय १५ रुपैयाँ ५० पैसा कायम रहेको छ ।

 
								 
								 
								 
								 
								 
								
 
								 
			
 
									 
									 
									 
								 
								