PRABHU BANK

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको खुद नाफा २१ प्रतिशतले वृद्धि, अन्य महत्वपूर्ण सुचकको अवस्था यस्तो…!

 swabalamban laghubitta

  • बैंकिङ संसार


काठमाडौं – स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थाले यो त्रैमास सम्ममा दुख नाफा २१ प्रतिशतले वृद्धि गरी २८ करोड ५५ लाख १० हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत वर्ष संस्थाले २३ करोड ५९ लाख ५७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस्तै संस्थाले खुद ब्याज आम्दानी २२.९४ प्रतिशतले बढाएर ७६ करोड ९० लाख २४ हजार रुपैयाँ पुर्याएको छ । साथै सञ्चालन नाफा पनि २१.३० प्रतिशतले बढाएर ४४ करोड ७५ लाख ९४ हजार रुपैयाँ पुर्याएको छ । 
चैत मसान्तसम्म संस्थाको चुक्ता पुँजी ६२ करोड ८८ लाख ८८ हजार रुपैयाँ रहेको छ । जगेडा कोष २१.१४ प्रतिशतले बढेर ९८ करोड ७९ लाख ७४ हजार रुपैयाँ पुगेको छ । संस्थाले ७ अर्ब ७६ लाख ५६ हजार रुपैयाँ निक्षेप संकलन गरेर १३ अर्ब १३ करोड ४९ लाख ४५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
संस्थाको प्रतिसेयर आम्दानी २ रुपैयाँले घटेर ६० रुपैयाँ ५३ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ २५७ रुपैयाँ १० पैसा रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै