फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडद्धारा १ दिवसीय सञ्चालकको शिक्षा कार्यक्रम सम्पन्न

 frist microfinance
  • बैंकिङ संसार   
काठमाडौं – फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि.ले २१ बैशाख, २०७६ मा काठमाण्डौमा १ दिवसीय सञ्चालक शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । बैक तथा वित्तीय संस्था ऐन २०७३ एवं नेपाल राष्ट्र बैंक द्धारा ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुका लागि जारी गरिएको निर्देशनमा भएको व्यवस्था बमोजिम उक्त तालिम सम्पन्न भएको हो ।
संस्थाका सञ्चालकहरुको काम, कर्तव्य, अधिकार र जिम्मेवारीलाई स्पष्ट पार्ने उद्देश्यका साथ आयोजना गरिएको उक्त कार्यक्रममा फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका अध्यक्ष सुरेन्द्रराज रेग्मि सहित ५ जना सञ्चालक र व्यवस्थापन टिमका ५ जनाको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले बैक तथा वित्तीय संस्था ऐन २०७३ र नेपाल राष्ट्र बैंक द्धारा ‘घ’ वर्गका इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थाहरुका लागि जारी गरिएको निर्देशनमा व्यवस्था गरिए बमोजिम संस्थागत सुशासन, सञ्चालकहरुको आचारण तथा सञ्चालकहरुले पालना गर्नुपर्ने विषयमा प्रशिक्षण दिएका थिए ।
फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत भेषराज पन्थीले केही वित्तीय सूचकका आधारमा नेपालको बैकिंग क्षेत्र, लघुवित्त वित्तीय संस्थाहरु एवं फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको तुलनात्मक अवस्थाको बारेमा प्रस्तुती दिएका थिए ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्