PRABHU BANK

खप्तड लघुवित्त वित्तिय संस्थाले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

Khaptad laghubitta Bittiya Sanstha
  • बैंकिङ संसार
काठमाडौं । खप्तड लघुवित्त वित्तिय संस्था लिमिटेडले सर्वसाधारणका लागि १ करोड ३२ लाख रुपैयाँ बराबरको आइपीओ बिक्री खुला गर्ने भएको छ । प्रतिकित्ता १०० अंकित मूल्यका दरले १ लाख ३२ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने भएको हो । जसमध्ये ६ हजार ६०० कित्ता सामुहीक लगानी कोष र २ हजार कित्ता सेयर कर्मचारीहरुका लागि विभाजन गरिएको छ ।
लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।यसले कम्पनीको दायित्व बहन पुरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ । यो आइपीओमा प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।  केयर रेटिङ नेपालले लघुवित्तलाई केयरएनपी इस्यूअर रेटिङ’ डबल बी माइनस प्रदान गरेको छ । 
यो आइपीओमा भदौ ८ गतेदेखि भदौ १२ गतेसम्म आवेदन दिन सकिनेछ । यदि सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ २२ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १३ सय २० कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै