PRABHU BANK

नेपाल बङ्गलादेश बैंकद्वारा मृतकका परिवारलाई एक लाख ३० हजार रुपैयाँ हस्तान्तरण, ९० ठाउँमा पुग्यो शाखा सञ्जाल !

 nepal-bangladesh-bank
  • बैंकिङ संसार 
काठमाडौं – नेपाल बङ्गलादेश बैंकले न्यूरोड शाखाका ग्राहक स्वर्गीय विदुर देउलाको परिवारलाई एक लाख ३० हजार २४८ रुपैयाँ हस्तान्तरण गरेको छ । बैंकले एक कार्यक्रमबीच बीमा दावी बराबरको सो रकम दुर्घटनामा परी निधन भएका देउला मृतक निजको हकवाला श्रीमती हरीशोभा मर्हजनलाई दिएको हो ।
साथै, यस बैंकमा खाता खोल्दा खातावालाको दुर्घटनामा परी मृत्यु भएमा खातामा रहेको रकमको दोब्बर, बढीमा पाँच लाख रुपैयाँसम्मको बीमा हुने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।
हाल बैंकले ९० शाखा, ७ एक्सटेन्सन काउन्टर, २ शाखारहित घरदैलो बैंकिङ्ग सेवा तथा ७२ वटा एटीएमबाट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै