PRABHU BANK

सनराइज बैंकले तिजको अवसरमा नारी बचत खाता हुने महिलाहरुलाई १५% सम्म ‘क्यासव्याक’ दिने

Sunrise Bank
  • बैंकिङ संसार
काठमाडौं । सनराइज बैंकले हरितालिका तिजको अवसरमा भाद्र महिनाका लागि विशेष योजना ल्याएको छ । तिजको लागि महिलाहरुको किनमेल गर्नुपर्ने आवश्यकतालाई मध्य नजर गर्दै बैंकले भाद्र १ गते देखि भाद्र १७ गतेसम्म सनराइज नारी बचत खाता हुने सम्पूर्ण महिलाहरुलाई पहिलो कारोबारमा १५ प्रतिशत सम्म वा रु. ५०० नबढ्ने गरी क्यासव्याक दिने व्यवस्था गरेको छ ।
साथै, भाद्र महिनाभरी सम्पूर्ण नारी बचत खाता खोल्ने वा खाता भएका नारीहरुले पहिलो वर्षको लागि निस्शुल्क डेबिटरक्रेडिट कार्ड, निस्शुल्क मोबाइल बैंकिङ, निस्शुल्क डिम्याट, निस्शुल्क मेरो सेयर तथा गरगहना राख्नको लागि लकर सुविधामा ५० प्रतिशत छुटको व्यवस्था रहेको बैंकले जनाएको छ ।
सनराइज बैंकले सनराइज नारी बचत खातामा रु. १० हजार सम्मको प्रसुती खर्च र रु. ५ लाख सम्मको घातक रोग खर्च दिँदै आएको दाबी गरेको छ । साथै,स्वास्थ्य योजना अन्तर्गत रु. १ लाख सम्मको स्वास्थ्य बीमा र रु. ५ लाख सम्मको दुर्घटना बीमा समेत दिदै आएको बताएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै