PRABHU BANK

पोखराका महिलालाई गण्डकी विकास बैंकले दियो ७ दिने निःशुल्क सिपमूलक तालिम

 GANDAKI BIKASH BANK

  • बैंकिङ संसार 
काठमाडौँ – गण्डकी विकास बैंकले पोखरा महानगरपालिका वडा नं. ५ का महिलाहरुको सिप अभिबृद्धि गर्नको लागि ७ दिने निःशुल्क सिपमूलक तालिम सम्पन्न गरेको छ ।
समापन कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले तालिमबाट प्राप्त सिप र ज्ञानको प्रयोग गरी आत्मनिर्भर र स्वरोजगार बन्न सहभागीहरुलाई आग्रह गरे । यसका लागि आवश्यक परेमा बैंकले वित्तीय सहयोग प्रदान गर्ने उनले बताए ।
तालिममा सहभागी सम्पूर्ण महिलाहरुलाई प्रमुख कार्यकारी अधिकृत थापा, प्रशिक्षक तथा जेष्ठ महिलाद्धारा संयुक्त रुपमा प्रमाणपत्र हस्तान्तरण गरिएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै