PRABHU BANK

कुमारी बैंकले ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

Kumari Bank
  • बैंकिङ संसार
काठमाडौं । कुमारी बैंकले ऋणपत्र जारी गर्ने भएको छ । बैंकले ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र जारी गर्ने भएको हो । केबिएल डिबेञ्चर २०८९ नामक ऋणपत्र जारी गर्न भदौ १ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति समेत पाएको छ । बैंकले १० वर्ष अवधिको ऋणपत्र जारी गर्न लागेको हो ।
कम्पनीले कुल ३० लाख कित्ता ऋणपत्रमध्ये १२ लाख कित्ता सर्वसाधारणको लागि निष्काशन गर्नेछ भने बाँकी रहेको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्ने भएको छ । उक्त ऋणपत्रमा वार्षिक ११ प्रतिशत ब्याजदर दिने भएको छ । ऋणपत्र बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै