PRABHU BANK

नबिल बैंक र बिराटनगर अस्पतालबीच सम्झौता, बैंकका क्रेडिट कार्ड प्रयोगकर्ता र शेयरधनीहरुलाई विशेष छुट

 nabil bank
  • बैंकिङ संसार 
काठमाडौं – नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले बिराटनगर अस्पतालमा विशेष छुट र सुविधा पाउने गरी नबिल बैंक र बिराटनगर अस्पताल (बिराट नर्सिङ होम एण्ड बिराट मेडिकल कलेज) बिच सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम बिराट अस्पतालले नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ता र शेयरधनीहरुलाई विशेष छुट र सुविधाहरु प्रदान गर्नेछन् ।‘ग्राहकहरुलाई अधिक सेवा प्रदान गर्ने हाम्रो प्रयासको निरन्तरता स्वरुप बिराटनगर अस्पतालको यस सम्झौताले हाम्रा कार्ड प्रयोगकर्ताहरुलाई स्वास्थ्य सेवामा लाभ पुग्ने विश्वास नबिल बैंकका बिराटनगर शाखाका शाखा प्रबन्धक राजेश दासले व्यक्त गरे ।
‘नेपाली नागरिकहरुलाई अधिक सेवा पुर्याउने हाम्रो प्रतिबद्धता अनुरुप नबिल बैंकसंग सहकार्य गर्न पाउँदा खुसी लागेको साथै यस सम्झौताले थप एक कदम अगाडी बढ्न मद्दत पुगेको विश्वास बिराट अस्पतालका निर्देशक सुनिल तपरियाले व्यक्त गरे । ४०० बेड सहितको स्वास्थ्य संस्था, बिराट अस्पतालले १९ बर्ष देखि गुणस्तर एकीकृत स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।
नबिल बैंकले ७९ वटा शाखाहरुको सञ्जाल, १३३ वटा एटिएमहरुको विशाल संरचना र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत् सेवा प्रदान गरेर आफ्ना सबै सरोकारवालाहरु सँगै अघि बढ्ने विश्वास लिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै