PRABHU BANK

धौलागिरी लघुवित्तको आइपीओ बाँडफाँट हुने दिन सर्यो

Dhaulagiri Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । धौलागिरी लघुवित्तको आइपीओ बुधबार (भदौ ८ गते) बाँडफाँट हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक सनराईज क्यापिटलका अनुसार यसअघि मंगलबार (भदौ ७ गते) गर्ने तयारी गरिएको थियो । तर, केही काम बाँकी रहेकोले मंगलबारको सट्टा बुधबार बाँडफाँट गर्ने तय गरिएको हो । 
यो आइपीओमा ३० हजार ९२९ जनाले मात्र सेयर हात पार्नेछन् भने बाँकी १९ लाख २१ हजार ५३१ जनाको भने हात खाली हुनेछ । यसमा कुल १९ लाख ५२ हजार ४६० जनाले २ करोड १७ लाख २१ हजार ५७० कित्ताका लागि आवेदन दिएका छन् ।
यता, धौलागिरी लघुवित्तको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । यसमा मागभन्दा ७०.२२ गुणा बढी आवेदन परेको छ । तसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ ।
कुल २ अर्ब १७ करोड २१ लाख ५७ हजार रुपैयाँ बरारको आवेदन परेको छ । धौलागिरीले साउन २४ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि ३ करोड ३१ लाख रुपैयाँ बराबरको आइपीओ बिक्री खुला गरेको थियो ।
कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ३ लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो । यो मध्ये १६ हजार ५५० कित्ता सामुहीक लगानी कोष र ५ हजार १५५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी ३ लाख ९ हजार २९५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने ब्यवस्था थियो ।
रेटिङ एजेन्सी कियर नेपालले लघुवित्तको आइपीओलाई ‘कियर एनपी डबल बी माइनस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन पुरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ । यो आइपीओमा सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै