सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतमा जनक शर्मा पौड्याल नियुक्त, बैंकिङ क्षेत्रमा ३० बर्ष बढिको अनुभव

 sunrise bank
  • बैंकिङ संसार 
काठमाडौं – सनराइज बैंकले प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा जनक शर्मा पौड्याललाई नियुक्त गरेको छ । बैंक संचालक समितिले पौड्याललाई ४ वर्षे कार्यकालको लागि नियुक्त गरेको हो । 
बैंकले गत जेठ २२ गते प्रमुख कार्यकारीमा अधिकृतमा निरज श्रेष्ठलाई नियुक्त गरेको थियो। श्रेष्ठलाई नियुक्तिपत्र दिएसँगै संचालकहरुबीच विवाद भएको थियो । उक्त मुद्धा नेपाल राष्ट्र बैंकसमक्ष पुगेको थियो । असार २ गतेबाट बैंकमा हाजीर हुने गरि नियुक्त भएका क्षेष्ठले व्यक्तिगत कारण देखाउँदै असार २ गते बैंकमा हाजिर भएका थिएनन् । संचालक समितिमा आफ्नो नियुक्तलाई लिएर उत्पन्न विवाद समाधान हुने नदेखेपक्षी श्रेष्ठले गत विहिबार आफले बैंकमा काम गर्न नसक्ने भन्दै अध्यक्षलाई जानकारी गराएका थिए । 
त्यसपछि संचालक समितिले पौड्याललाई सिइओमा नियुक्त गरेको हो । पौड्यालले बैंकिङ्ग क्षेत्रमा ३० बर्ष भन्दा बढिको अनुभव संगालि सकेका छन्। उनले १९८७ मा नबिल बैंकमा इन्ट्रि लेभल मार्फत आफ्नो करियर सुरु गरेका हुन्।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्