PRABHU BANK

खप्तड लघुवित्तले भदौ ८ गते देखि १ लाख ३२ हजार कित्ता आईपीओ निष्काशन गर्ने

Khaptad laghubitta
  • बैंकिङ संसार
काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्थाले आइपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । लघुवित्तले बुधबार (भदौ ८ गते) बाट आईपीओ निष्काशन गर्ने भएको हो । 
कम्पनीले प्रतिशेयर १०० रुपैँया अंकित मूल्य भएका १ करोड ३२ लाख रुपैँया बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ जारी गर्न लागेको हो । जसमा २ हजार कित्ता कर्मचारीहरूका लागि र ६ हजार ६०० कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार ३२० कित्तासम्म आवेदन दिन सक्नेछन् । यस कम्पनीको आईपीओमा भदौ १२ गतेसम्म आवेदन दिन सकिने छ । बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्ने भएको छ ।
अहिले लघुवित्तको चुक्ता पूँजी २ करोड ६८ लाख रुपैँया रहेको छ । भने आईपीओ बाँडफाँटपछि लघुवित्तको चुक्ता पूँजी ४ करोड रुपैँय पुग्ने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै