PRABHU BANK

सिबिआईएल क्यापिटलको अध्यक्षमा समिरप्रसाद दाहाल, सिईओमा नवराज गिरी नियुक्त !

 cbil capital

  • बैंकिङ संसार

काठमाडौं – सिबिआईएल क्यापिटल लिमिटेडले अध्यक्षमा समिरप्रसाद दाहाल नियुक्त गरेको छ । साउन ४ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक समिरप्रसाद दाहाललाई अध्यक्षमा नियुक्त गरेको हो । यसअघि सिटिजन्स बैंकको तर्फबाट मनोनित भई अध्यक्ष रहेका बोधराज देवकोटाले राजीनामा दिएपछि अध्यक्ष पद खाली रहेको थियो । रिक्त अध्यक्ष पदमा दाहाललाई बाँकी अवधिसम्मको लागि अध्यक्षमा नियुक्त गरेको हो ।
यस्तै सिबिआईएल क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा नवराज गिरी नियुक्त भएका छन् । बैशाख १ गतेदेखि कामु सिइओका रुपमा कार्यरत गिरीलाई साउन ४ गते बसेको सञ्चालक समितिको बैठकले साउन १ गतेदेखि नै लागू हुने गरी सिईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
दुई दशक भन्दा बढी हिमालयन बैंक लिमिटेडमा विभिन्न शाखा प्रमुखका रुपमा र विभिन्न विभागमा विभागीय प्रमुखका रुपमा साथै उच्च व्यवस्थापनमा रही लामो अनुभव बटुलेका गिरी मार्के्टिङ, जनसम्पर्क, बैंकिङ अपरेशन, जोखिम व्यवस्थापन तथा कर्जा व्यवस्थापनमा विशेष दख्खल राख्छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै