PRABHU BANK

ताप्लेजुङमा माछापुच्छ्रे बैंकको १२२औँ शाखा, छत्रपति प्याकुरेल र डोरेन्द्र निरौलाद्वारा उद्घाटन !

machhpuchchhre bank
  • बैंकिङ संसार 
काठमाडौँ । माछापुच्छ्रे बैंकले ताप्लेजुङमा आफ्नो शाखा विस्तार गरेको छ । बैंकको १२२औँ शाखा कार्यालयको एक कार्यक्रमबीच फुङलिङ नगरपालिकाका प्रमुख छत्रपति प्याकुरेल र प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
उक्त शाखाले असारदेखि नै कार्यालय स्थापना गरी कारोवार गर्दै आएको छ । माछापुच्छ्रे बैंकले मुलुकभर १३६ शाखाबाट बैंकिङ सेवा दिँदै आएको ताप्लेजुङ शाखाका प्रबन्धक उमेश बाँस्कोटाले जानकारी दिए । माछापुच्छ्रे बैंकले १५७ ठाउँमा एटीएम सेवा सञ्चालन गरेको छ भने १२३ ठाउँमा शाखारहित बैंकिङ सेवासमेत सञ्चालन गर्दै आएको छ । ग्रामीण क्षेत्रका सर्वसाधरणलाई लक्ष्य गरी शाखा विस्तार गरिएको माछापुच्छ्रे बैंकका १ नम्बर प्रदेश प्रमुख अजय आचार्यले बताए ।
भदौ १७ गतेसम्म खाता खोल्ने महिलालाई आकर्षक चुरा र पोते वितरण गर्ने योजना छ, उनले भने । बैंकले हरितालिका तीजको अवसरमा उक्त योजना ल्याएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै