PRABHU BANK

सेञ्चुरी बैंकले गर्यो पोखराको विद्यालयलाई सहयोग

century bank
  • बैंकिङ संसार 
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले पोखरा म.हा.न.पा. २६ स्थित श्री लक्ष्मी मा.वि.लाई स्वच्छ पानी पिउनको लागि पानी ट्यांङ्की प्रदान गरेको छ । उक्त सहयोग बैकका बजार व्यवस्थापक शेखर वस्ताकोटी तथा गण्डकी प्रदेश प्रमुख रमेश बन्जाराले विद्यालयका प्रध्यानापक र सञ्चालक समितीलाई हस्तान्तरण गरेका हुन् ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण तथा अन्य क्षेत्रमा थुप्रै कार्यक्रमहरु गर्दै आएको छ । यसरी, बैंकको अन्य जानकारीका लागी बैंकको वेबसाइट डब्लुडब्लुडब्लु डट सेञ्चुरी बैंक डट कम डट एनपि तथा बैंकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न सकिन्छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै