PRABHU BANK

जनता बैंकद्धारा फलेनी माध्यमिक विद्यालयका विद्यार्थीलाई ब्याग वितरण

janata banak
  • बैंकिङ संसार 
काठमाडौं । जनता बैंकले विद्यालयलाई सहयोग गरेको छ । बैंकले दोर्दी गाउँपालिका हिले बजार स्थित फलेनी माध्यमिक विद्यालयका बिद्यार्थीहरुलाई जनता बैंकको तर्फबाट स्कुल ब्याग वितरण गरिएको जनाएको छ । लमजुङ जिल्लाको विकट भौगोलिक अबस्थितिमा रहेको यस विद्यालयमा अध्ययनरत नर्सरी देखि कक्षा ७ सम्मका २०६ जना विद्यार्थीहरुलाई स्कुल ब्याग प्रदान गरिएको हो ।
४०औं राष्ट्रिय शिक्षा दिवस तथा ५३औं अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा विद्यालयमा अयोजित एक कार्यक्रमकाबिच दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङ र बैंकको दार्दी शाखाका शाखा प्रबन्धक हिराकुमार मोक्तानले विद्यार्थीहरुलाई ब्याग वितरण गरेका हुन् ।
जनता बैंकले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखि सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आइरहेको छ । बैंकले विगत बर्षहरु देखिनै ग्रामिण क्षेत्रको शैक्षिक गुणस्तर विकासको लागि सामुदायिक विद्यालयका जेहन्दार विद्यार्थीहरुलाई विभिन्न प्रकारको छात्रवृत्तिको ब्यबस्था गर्नुको साथै शैक्षिक सामाग्रीहरु प्रदान गर्दै आइरहेको छ ।
हालसम्म बैंकले १४२ शाखा, ११० एटिएम, ५० शाखा रहित बैंकिङ्ग सेवा, ३ एक्स्टेन्सन काउण्टर र २ सिमत बैंकिङ इकाईबाट ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै