PRABHU BANK

नेपाल इन्भेष्टमेन्ट बैंकको १६औं एक्सटेन्सन काउन्टर ललितपुरमा

nepal investment bank
  • बैंकिङ संसार 
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले ललितपुरको बालकुमारीस्थित काठमाडौं स्कुल अफ म्यानेजमेन्ट (कुसोम)मा १६औं एक्सटेन्सन काउन्टर विस्तार गरेको छ ।
उक्त काउन्टर बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे, काठमाडौं युनिभर्सिटीका रजिष्ट्रार प्रा. डा. सुवोध शर्मा र कुसोमका डिन डा. विजय केसीले संयुक्त रूपमा उद्घाटन गरे ।
यस एक्सटेन्सन काउन्टरमार्फत् विश्वविद्यालयका कर्मचारी, विद्यार्थी र अध्यापकहरूलाई विशिष्टीकृत वित्तीय सेवा उपलब्ध गराई दुई प्रतिष्ठानहरू बीचको समन्वयलाई बढाउने विश्वास गरिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै