DISH HOME

नारी दिवसको अवसरमा एनआईसी एशिया बैंकले ल्यायो विशेष योजना, शत प्रतिशत नगद फिर्ता पाउने

 nic sia bank ltd
  • बैंकिङ संसार  
काठमाडौं । एनआईसी एशिया बैंकले अन्तर्राष्ट्रिय नारी दिवसलाई लक्षित गरी बैंकका महिला ग्राहकलाई विशेष योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत नारी दिवसका दिन बैंकको मोबाइल बैंकिङ्ग प्रयोग गरी कारोबार गर्ने १ सय जना महिलाहरूले सय प्रतिशत वा रू. १० हजारसम्म नगद फिर्ता प्राप्त गर्न सक्नेछन्।
बैंकले नारी दिवसका दिन अर्थात २०७६ फागुन २५ गते मोबाइल बैंकिङ्ग प्रयोग गरी कारोबार गर्ने १०० जना भाग्यशाली महिलाहरूले १०० प्रतिशत वा १० हजारसम्म नगद फिर्ता दिने भएको हो ।
बैंकका महिला ग्राहकहरूले मोबाइल बैंकिङ्ग एपबाट मोबाइल रिचार्ज गर्दा, बिजुलीको महसुल तिर्दा, हवाई टिकट खरिद गर्दा, क्यु आर पेमेन्ट लगायतका भुक्तानीहरूमा यो योजना लागू हुनेछ । तर वालेट लोड तथा फन्ड ट्रान्सफरलाई यस योजनामा समावेश नगरिएको बैंकले जनाएको छ । 

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै