सम्पदा लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ। सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर सर्वसाधारणमा बिक्री गर्ने भएको छ । संस्थाको संस्थापक समूहका केही सेयरधनीहरुले आफ्नो नाममा रहेको ९,६५४ कित्ता संस्थापक सेयर बिक्री गर्नका लागि निवेदन दिए अनुसार संस्थाले तोकिएको समयभित्र शेयर खरिुदका लागि आवेदन नपरेपछि संस्थाले सर्वसाधारणमा बिक्री गर्न लागेको हो ।

उक्त निवेदन नेपाल राष्ट्र बैंकको निर्देशन तथा अन्य प्रचलित कानूनको अधिनमा रही विक्री गर्न प्रकृया अगाडि बढाउन यस वित्तीय संस्थाको सञ्चालक समितिबाट निर्णय भएकोले संस्थाका संस्थापक सेयरधनीलाई नै उक्त संस्थापक शेयर खरिद गर्न प्राथमिकता दिनुपर्ने व्यवस्था भए बमोजिम संस्थापक सेयरधनीहरुलाई ३५ दिने सूचना जारी गरी सेयर बिक्री गरेकोमा उक्त सेयर सो समयभित्र विक्री नभएपछि सर्वसाधारणमा बिक्री खुला गरेको हो ।

इच्छुक जो कोही व्यक्ति वा संस्थाले सूचना प्रकाशित भएको मितिले१५ दिन भित्र कागजात संलग्न गरी यस वित्तीय संस्थाको केन्द्रीय कार्यालय गैंडाकोट ५, नवलपरासीमा आफुले खरिद गर्न चाहेको शेयर संख्याको व्यहोरा खुलाई निवेदन दिनुपर्नेछ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्