मञ्जुश्री फाइनान्सको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ। मञ्जुश्री फाइनान्सले संस्थापक सेयर बिक्रीमा राखेको छ। कम्पनीले आईब्रोक्स ईन्टरनेशनल प्रा.लिको नाममा रहेको १ हजार ८६५ कित्ता सेयर बिक्रीमा राखेको हो।

कम्पनीले सो सेयर सर्वसाधारण लगानीकर्ताले खरिद गर्न मिल्ने गरी बिक्रीमा ल्याएको हो।

कम्पनीले सो सेयर यसअधि कम्पनीको विद्यमान संस्थापक सेयरधनीका लागि बिक्रीमा ल्याएकोमा विद्यमान संस्थापक सेयरधनीबाट आवेदन नपरेपछि सो सेयर सर्वसाधारणमा बिक्री खुला गरेको हो।

उक्त सेयर खरिद गर्न इच्छुक बैंकका विद्यमान संस्थापक सेयरधनीले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कम्पनी सचिव कार्यालयमा आवेदन दिन सक्नेछन्।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्