National

सिटिजन्स बैंकद्वारा बाल विकास समाजलाई १ लाख ५० हजार आर्थिक सहयोग प्रदान

 Citizens Bank
  • बैंकिङ संसार
काठमाडौं । सिटिजन्स बैंकले बाल विकास संघलाई १ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले अधिकारबाट वञ्चित नेपाली बालबालिकाहरुको चौतर्फी विकास गर्ने उद्देश्यले उक्त सहयोग गरेको हो । बाल विकास समाज २८ वर्षदेखि बाल अधिकारबाट वन्चित भएका नेपाली बालबालिकाहरुको चौतर्फी विकास गर्दै आएको छ । 
बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रममा बैंकले संस्थालाई १ लाख ५० हजारको चेक हस्तान्तरण गरेको हो । उक्त रकमबाट १५ जना गरीब तथा जेहन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने कुरा संस्थाले जनाएको छ ।
बैंकले विगत ९ वर्षदेखि बैंकले आफ्नो वार्षिक कार्यतालिका अनुरुप बाल विकास समाजलाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । बैंकले देशैभरी फैलिएका आफ्ना १ सय ९ वटा शाखा, ९८ वटा एटिएम र १ सय ४ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट साढे ६ लाख ग्राहकहरुलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै

Crime