National

कुमारी बैंकद्धारा भैरव नवदिप उच्च माध्यमिक विद्यालयलाई सहयोग, विद्यार्थीको पठनपाठनमा अवरोध आउन नदिने उद्देश्य !

 Kumari Bank
  • बैंकिङ संसार
काठमाडौं । कुमारी बैंक लिमिटेडले पाल्पास्थित श्री भैरव नवदिप उच्च माध्यमिक विद्यालयलाई जिन्सी सहयोग गरेको छ । कोभिड–१९ महामारीको कारण विद्यालयमा नियमित पठनपाठन सम्भव नरहेको कुरालाई ध्यानमा राख्दै अनलाईन कक्षा संञ्चालनको निमित्त बैंकले केही थान कम्प्युटर र ल्यापटप उक्त विद्यालयलाई सहयोग गरेको हो । 
बैंकको टंगालस्थित प्रधान कार्यालयमा एक समारोहबीच बैंकका प्रमुख संचालन अधिकृत रामचन्द्र खनालले विद्यालयका प्रतिनिधि मानार्थरथी यादवबहादुर रायमाझीलाई उक्त सहयोग हस्तान्तरण गरेका हुन् । यस सहयोगले दैनिक शैक्षिक क्रियाकलापमा अवरोध आउन नदिई बालबालिकाको क्षमता वृद्धि र विकासमा टेवा पुग्ने बैंकको विश्वास छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत स्वास्थ्य, शिक्षा, वातावरणलगायतका विभिन्न क्षेत्रमा सहयोग पुर्‍याउँदै आएको बैंकले आगामी दिनमा पनि यस्ता सेवामूलक र अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

विगत १८ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिदैँ आईरहेको यस बैंकको देशभर २ सय ३ शाखा संजाल, १ सय ३८ एटिएम्, १३ एक्सटेन्सन काउन्टर तथा २१ शाखारहित बैंकिङ्ग ईकाईहरुमार्फत आफ्ना ग्राहकहरुलाई अत्याधुनिक सेवा प्रदान गर्दै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै

Crime