PRABHU BANK

बैंक अफ काठमाण्डूको संस्थापक सेयेर भदौ १ गतेदेखि लिलामीमा आउँदै, फारम भर्न कहाँ जाने ?

 Bank Of Kathmandu
  • बैंकिङ संसार
काठमाडौं । बैंक अफ काठमाण्डूले संस्थापक शेयर लिलामीमा विक्री गर्ने भएको छ । बैंकले ३ लाख १६ हजार १ सय ५६ कित्ता संस्थापक शेयर भदौ १ गतेदेखि विक्री गर्न लागेको हो । प्रतिकित्ता १ सय ४० रुपैयाँ तोकिएको उक्त सेयरको बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । 
सेयर खरिद गर्न इच्छुक व्यक्ति तथा संगठित संस्थाले भदौ ८ गते २ बजेभित्र आवेदन बुझाई सक्नुपर्नेछ । व्यक्ति तथा कम्पनीले सेयर खरिदका लागि एउटा बोलपत्रमार्फत आवेदन दिनु पर्ने र उक्त बोलपत्र फारम लाहाछाप लगाई सिलबन्दी गरेको हुनु पर्नेछ । उक्त संस्थापक सेयेरमा आवेदकले न्यूनतम १ हजार कित्तासम्म र अधिकतम ३ लाख १६ हजार १ सय ५६ कित्तासम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै