PRABHU BANK

राष्ट्रिय बाणिज्य बैंकका थप १ कर्मचारीमा कोरोना संक्रमण पुष्टी

 Rastriya Banijya Bank
  • बैंकिङ संसार 
दैलेख । राष्ट्रिय बाणिज्य बैंकका थप १ कर्मचारीमा कोरोना संक्रमण भएको छ । बैंकको दैलेखमा रहेको शाखामा कार्यरत १ कर्मचारीमा कोरोना संक्रमण भएको हो । संक्रमित बिरामीको उपचार आईसोलेसनमा भईरहेको छ भने बाँकी सबै कर्मचारीहरुलाई होम क्वारेन्टाइनमा राखिएको छ । 
कारोना संक्रमण पुष्टी भएसँगै उक्त शाखा बन्द गरिएको छ । गत आइतबार गरिएको परीक्षणमा नारायण नगरपालिकाका १४ र भैरवी गाउँपालिकाका ३ जनालाई कोरोना पोजेटिभ देखिएको हो । 
यसअघि पनि सोही बैंकको प्रदेश नम्बर ५ का एक ब्रान्च मेनेजर र भरतपुर शाखाका १ कर्मचारीमा कोरोना संक्रमण भईसकेको छ । बैंकिङ क्षेत्रमो पछिल्लो समय दिन प्रतिदिन कोरोना संक्रमण बढ्दै गएको छ । जसले गर्दा बैंकिङ क्षेत्रमा ठूलो असर परिरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै