PRABHU BANK

मुक्तिनाथ विकास बैंकले गर्‍यो ४ व्यावसायिक संस्थासँग सम्झौता, बैंकका ग्राहकले १५ प्रतिशतसम्म छुट पाउने

 Muktinath Bikas Bank
  • बैंकिङ संसार 
काठमाडौं । मुक्तिनाथ विकास बैंकले ४ वटा व्यावसायिक संस्थाहरुसँग सम्झौता गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई विशेष छुट उपलब्ध गराउने उद्देश्यका साथ उक्त सम्झौता गरेको हो । बैंकले सम्झौता गरेको व्यावसायिक संस्थाहरु नेपमेड्स अनलाइन फार्मेसी, इजी कियर अनलाइन फार्मेसी, अलमा आरटेस र बाजेको सेकुवा रहेको छ ।
उक्त व्यावसायिक संस्थाहरुले दिने सेवामा बैंकका ग्राहकहरुले १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंकका भिसा डेविट कार्डवाहक र मोबाइल बैंकिङ प्रयोगकर्ताले उक्त छुट सुविधा पाउने भएको हो । 
बैंकले ब्यालेन्स सटिर्फिकेट, चेकबुक र गुड फर पेमेन्ट चेक जारी शुल्कको साथै अन्तर शाखा बैंकिङ कारोबार सेवा पनि निःशुल्क गरेको छ । त्यस्तै, बैंकका ग्राहकले भिसा नेटवर्क अन्तर्गत जुनसुकै बैंकको एटीएमबाट पनि विना शुल्क रकम झिक्न सकिने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै