PRABHU BANK

नेपाल बैंकले गर्‍यो कोरोना कोषलाई आर्थिक सहयोग, बैंकका सिइओद्धारा चेक हस्तान्तरण

 Nepal Bank
  • बैंकिङ संसार 
काठमाडौं । नेपाल बैंकले सरकारलाई आर्थिक सहयोग गरेको छ । बैंकले नेपाल सरकारलाई ३ करोड ४६ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो । उक्त रकम कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा जम्मा हुने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त आर्थिक सहयोगको लागि नेपाल बैंकलाई धन्यवाद दिनुका साथै थप प्रगतिका लागि पनि शुभकामना दिएका छन् । 
बैंकका अध्यक्ष बासुदेव अधिकारी र सिइओ कृष्ण अधिकारीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र अर्थमन्त्री डा. युवराज खतिवडालाई चेक हस्तान्तरण गरेका हुन् । त्यस्तै, बैंकले हालसम्म संघिय सरकारको कोषमा ४ करोड ४६ लाख रूपैयाँ र ७ वटै प्रदेश सरकारलाई ५ लाखका दरले ३५ लाख रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै