PRABHU BANK

गरिमा विकास बैंकद्धारा १४.५ प्रतिशत लाभांश प्रस्ताव

Garima bikas bank
  • बैंकिङ संसार
काठमाडौं । गरिमा विकास बैंकले लाभांश प्रस्ताव गरेको छ । बैंकको कार्तिक २४ गते बिहीबार बसेको बैंक सञ्चालक समिति बैंठकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १४.५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
बैंकले प्रस्ताव गरेको लाभांशमध्ये १३ प्रतिशत बोनस सेयर हो भने कर प्रयोजनसहितका लागि १.५ प्रतिशत नगद लाभांश हो । बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयधनीमा वितरण हुनेछ ।
हाल, गरिमा विकास बैंक लिमिटेडले करिव ७१ अर्ब निक्षेप संकलन गरी ६३ अर्ब कर्जा प्रवाह गरेको छ भने नेपालभर सातवटै प्रदेशमा रहेका १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर, ५१ एटिएम एवम् डिजिटल बैंकिङ मार्फत सरल, सुरक्षित तथा गुणस्तरीय वित्तीय सेवा प्रवाह गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै