prabhu

एनआईसी एशिया बैंकको कोरोना कोषलाई १ करोड ७ लाख रुपैयाँ आर्थिक सहयोग

 Nic Asia Bank
  • बैंकिङ संसार
काठमाडौं । एनआईसी एशिया बैंकले कोरोना कोषलाई आर्थिक सहयोग गरेको छ । नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई बैंकले १ करोड ७ लाख ५९ हजार रुपैयाँ सहयोग गरेको हो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तदायित्व बहन गर्दै सो रकम नेपाल सरकारद्वारा स्थापित उक्त कोषलाई प्रदान गरेको हो । 
बैंकले यसअघि पनि देशका सातै प्रदेश सरकारलाई १५/१५ लाख रुपैयाँ गरी कुल १ करोड ५ लाख रुपैयाँ प्रदान गरिसकेको छ । साथै, बैंकले लकडाउनका बेला देशका विभिन्न क्षेत्रमा दैनिक ज्याला मजदुरी गर्नेहरूलाई विभिन्न प्रादेशिक तथा स्थानीय सरकार लगायतसँगको सहकार्यमा करिब ४८ लाख रुपैयाँ बराबरको चामल, तेल, नुन, दाल लगायतका खाद्यान्न सामग्रीहरू समेत वितरण गरिसकेको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै