PRABHU BANK

कुमारी बैंक र द हिमालयन गृल बाइ बाजेकोबीच सम्झौता, विभिन्न सेवामा १५ प्रतिशत छुट

Kumari bank
  • बैंकिङ संसार
काठमाडौं । कुमारी बैंक लिमिटेड र द हिमालयन गृल बाइ बाजेकोबीच सम्झौता भएको छ । कुमारी बैंकका ग्राहकहरुले बैंकको डेबिटरक्रेडिट कार्ड वा क्युआर मार्फत भुक्तानी गर्दा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो । द हिमालयन गृल बाइ बाजेको को तर्फबाट संचालक मौसम कुमार श्रेष्ठ र कुमारी बैंक लिमिटेडको तर्फबाट रिटेल बैंकिङ प्रमुख अन्जना मिश्रले हस्ताक्षार गरेका हुन् ।
डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित भईरहेको कुरालाई मध्यनजर गर्दै आफ्नो डिजिटल कारोबारमा ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले सो सहकार्य गरेको हो । यस सहकार्य पश्चात् कुमारी बैंकका डेबिटरक्रेडिट कार्डवाहकहरु वा क्युआर प्रयोगकर्ताहरुले ‘द हिमालयन गृल बाइ बाजेको’ को टोखा आउटलेटमा विभिन्न सेवा सुविधाको शुल्कमा १५% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
कुमारी बैंकले आफ्ना देशव्यापी १९९ शाखा सञ्जाल, १९५ एटिएम, ५९ शाखारहित बैंकिङ ईकाई तथा ३४ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएको र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै