- बैंकिङ संसार
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले वायरबारलीसँग सम्झौता गरेको छ । बैंकले नेपालीहरुलाई विदेशबाट रकम पठाउन सहज होस् भन्ने उदेश्यले वायरबारलीसँग रेमिट्यान्स कारोबार गर्ने सम्झौता गरेको हो । अब नेपालीहरुले अस्ट्रेलिया, अमेरिका न्यूजल्याण्ड तथा दक्षिण कोरियालगायतका देशहरुबाट त्यहाँको जुनसुकै बैंकमा रहेको आफ्नो खाताबाट वायरबारलीको मोबाईल एप प्रयोग गरी नेपालमा रकम पठाउन सक्नेछन् ।
वायरबारलीमार्फत पठाएको रकम नेपाल इन्भेष्टमेण्ट बैंकको रेमिट्यान्स सेवा पुथ्वी रेमिटका देशभर छरिएर रहेका १० हजारभन्दा बढी भुक्तानी काउन्टरहरुबाट समेत तुरुन्त प्राप्त गर्न सकिनेछ । त्यस्तै, वायबारलीमार्फत पठाएको रकम नेपालका कुनैपनि बैंकको खातामा तुरुन्तै रकम जम्मा हुने व्यवस्था रहेको पनि बैंकले जनाएको छ ।
बैंकले देशभरी ८१ वटा शाखा, १ सय १८ वटा एटीएम, १४ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन केन्द्र र ५१ शाखारहित बैंकिङ काउन्टरमार्फत आफ्ना ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।