प्रोग्रेशिभ फाइनान्सको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ। प्रोग्रेशिभ फाइनान्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ। लघुवित्तले संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा राखेको हो।

संस्थाले यसअघि विद्यमान संस्थापक सेयरधनीका लागि बिक्री खुला गरेको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीबाट आवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्रीमा राखेको हो।

यो सेयर खरिद गर्न इच्छुक सर्वसाधारणले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र संस्थाको कम्पनी सचिवको कार्यालयमा लिखित आवेदन दिन सक्नेछन्।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्