National

नेपाल बंगलादेश बैंकका थप १ कर्मचारीमा कोरोना संक्रमण पुष्टी

 Nepal Bangladesh Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल बंगलादेश बैंकका थप १ कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको जनकपुरमा रहेको शाखामा कार्यरत १ कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । कोरोना संक्रमण भेटिएसँगै उक्त बैंक शाखा बन्द गरिएको छ । संक्रमित बिरामीलाई आइसोलेसनमा राखिएको छ । 
संक्रमित बिरामीको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङ हुनुका साथै बैंकका अन्य बाँकी सबै कर्मचारीहरुलाई क्वारेन्टाइनमा राखिएको छ । संक्रमितहरुको उपचार खर्च बैंक आफैले व्यहोर्ने भएको छ । संक्रमित कर्मचारीको स्वास्थ्यस्थिति भने अहिले सामान्य रहेको बैंकले जनाएको छ । यसअघि उक्त शाखामा कार्यरत ९ जना कर्मचारीहरुलाई कोरोना संक्रमण पुष्टी भईसकेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै