National

एनआईसी एशिया बैंकद्धारा‘सुपर सिक्स योजना’सार्वजनिक, विद्युतीय भुक्तानी गर्दा ५ सय रुपैयाँसम्म फिर्ता पाउने

 Nic Asia Bank
  • बैंकिङ संसार
काठमाडौं । एनआईसी एशिया बैंकले ‘सुपर सिक्स योजना’ सार्वजनिक गरेको छ । बैंकले विश्वव्यापी कोरोना महामारीको समयमा विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्नका निम्ति उक्त योजना सार्वजनिक गरेको हो ।
यस ‘सुपर सिक्स योजना’अन्तर्गत ग्राहकहरूले बैंकको मोबाइल बैंकिङमार्फत हप्तामा ६ वटा कारोबार गर्दा छैटौं कारोबार रकमको ६ प्रतिशत वा रू. ५०० रुपैयाँसम्म रकम फिर्ता प्राप्त गर्न सक्नेछन् । यो योजना भाद्र ८ देखि २७ गतेसम्म गरिएको कारोबारका लागि मात्र मान्य हुने र न्यूनतम रू. १०० रुपैयाँसम्मको कारोबार ग्राहकहरूले गर्नुपर्ने व्यवस्था रहेको छ ।
यस विषम समयमा ग्राहकहरूको सुरक्षाका निमित्त बिजुली र खानेपानीको महसुल, मोबाइल रिचार्ज खरिद, बीमा प्रिमियम भुक्तानी, टेलिभिजनको बील लगायतका घरायसी बीलको जुनसुकै स्थानबाट जुनसुकै समयमा विद्युतीय भुक्तानी गर्न मिल्ने व्यवस्था बैंकले गरेको छ ।
यस बैंकले १५ हजार भन्दा बढी क्युआर मर्चेन्टस मार्फत उत्साहजनक विद्युतीय कारोबार गर्दै आएको छ । सोही क्रममा बैंकले कोरोनाको यस्तो विषम परिस्थितिमा पनि आफ्ना ग्राहकहरुका लागि यस्तो योजना ल्याएको हो । यस योजनामा मोबाइल बैंकिङ्गमार्फत गरिने वालेट लोड, रकम ट्रान्सफर र क्रेडिट कार्ड भुक्तानीलाई समावेश नगरिएको बैंकले जनाएको छ ।
बैंकले नेपालभरी ३ सय २६ वटा शाखा कार्यालयहरू, ४ सय ६६ वटा एटिएम, १ सय २ वटा एक्स्टेन्सन काउन्टर र ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै